६ श्रावण २०८३, बुधबार

भ्रष्टको साथ छोडेर स्वच्छ राजनीति गर्न गगनलाई अमरेशको आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले कांग्रेस सभापति गगन थापालाई स्वच्छ राजनीति गर्न आग्रह गरेका छन् । थापालाई सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै उनले सर्लाहीमा आएर चुनाव लडेकोमा धन्यवाद दिँदै उनले गगन भ्रष्टहरुद्वारा आयातित उम्मेदवार भएको आरोप लगाए ।

भ्रष्टहरुलाई नै आफूविरुद्ध र परिवारिक जीवनमाथि आफूखुसी टिप्पणी गर्न लगाएको पनि उनको आरोप छ । ‘सबैभन्दा पहिला तपाईंलाई धन्यवाद दिन चाहन्छु कि तपाईंले सर्लाहीमा आएर चुनाव लडनु भो । तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरुद्वारा आयातित उम्मेदवार हुनुभयो । त्यतिमात्र हैन ती भ्रष्टहरुलाई नै मविरुद्ध मेरो निजी र परिवारिक जीवनमाथि आफूखुसी टिप्पणी गर्न लगाउनुभयो खैर त्यसले केही फरक त परेन तर राजनीति भनेको सिद्धान्त र एजेन्डामा हुनुपर्छ भन्ने मेरो विश्वास छ’ उनले लेखेका छन् ।

त्यस्तै, उनले अब चुनावको तिता कुरा छोडेर अब देश निर्माणमा रास्वपा अगाडि बढिसकेको भन्दै अब भ्रष्टहरुलाई ठेगान लगाउने जनमत रास्वपाले पाएको दाबी गरे । थापालाई पनि ती भ्रष्टहरु को साथ छोडेर स्वच्छ राजनीति उनले आग्रह गरे ।

गगनले कांग्रेस परिवर्तन गर्न खोजेपनि आफू परिवर्तन हुन नसकेको उनको आरोप छ ।