११ श्रावण २०८३, सोमबार

पश्चिम नवलपरासी–२ मा रास्वपाका गुप्ता निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर । पश्चिम नवलपरासी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नरेन्द्रकुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार उनले ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ मतान्तरले पराजित गरेका हुन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त गरे । यहाँ जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र यादवले सात हजार २१२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानले चार हजार ६९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।