१९ असार २०८३, शुक्रबार

दार्चुलामा एमालेका गणेश सिंह ठगुन्ना विजयी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दार्चुलामा नेकपा (एमाले)का उम्मेदवार गणेश सिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी १८ हजार ८ सय ९१ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे ।

यस्तै, रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ मत ल्याउँदा नेकपाका उम्मेदवार लक्ष्मण जोशीले ३ हजार ६५ मत प्राप्त गरे ।