काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्बाङ २२ हजार ४२६ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४ र नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए ।








प्रतिक्रिया