हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन् ।
आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उप्रेतीले ३१ हजार ७ सय २५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बर्तौलालाई १२ हजार १ सय १ मतान्तरले पराजित गरेका छन् । बर्तौलाले १९ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ४ सय ३६ मत पाएका छन् । नेकपाका उम्मेदवार लवशेर विष्टले १२ हजार ७ सय ५४ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया