१५ असार २०८३, सोमबार

रौतहट २ मा कांग्रेसका आलम विजयी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिरदोश आलम भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न अन्तिम मतगणना परिणाम अनुसार आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १० हजारभन्दा बढी मतले पछि पार्दै विजय हासिल गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार किरणकुमार शाह (नेपाली कम्युनिष्ट पार्टी) १८,४४२ मत, शेख सगिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ९,३२५ मत रामआशिष राय यादव (जनता समाजवादी पार्टी नेपाल) २,९६० मतमहम्मद अतिउल्लाह (नेकपा एमाले) २,३८२ मत ल्याएका छन् ।

नवनिर्वाचित फिरदोश आलम कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री स्वर्गीय मोहम्मद अफताव आलमका जेठा छोरा हुन् । उनका पिता अफताव आलमको करिब चार महिना अघि (२०८२ कात्तिक २२ गते) उपचारका क्रममा निधन भएको थियो ।

पेशाले चिकित्सक रहेका डा. फिरदोशले आफ्ना पिताको राजनीतिक विरासतलाई जोगाउँदै पहिलो प्रयासमै संसद्को यात्रा तय गरेका छन् । यो जितलाई कांग्रेसले मधेश प्रदेशमा आफ्नो बलियो पकडको रूपमा लिएको छ ।

नवनिर्वाचित सांसद आलमले मतदाताहरूलाई धन्यवाद दिँदै आफ्नो क्षेत्रको विकास र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।