काठमाडौं । डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् ।
जोशीले १९ हजार १३१ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का चक्र स्नेहीले ३ हजार २६ मत पाएका छन् ।








प्रतिक्रिया