८ श्रावण २०८३, शुक्रबार

अछाम १ मा कांग्रेसका भरत स्वारसँग भीम रावल पराजित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अछाम १ मा नेपाली कांग्रेसका भरतकुमार स्वार विजयी भएका छन् । उनी १० हजार ७५९ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भीमबहादुर रावलले १० हजार २३३ मत प्राप्त गरे । नेकपा (एमाले)का दिपकबहादुर साउदले ७ हजार ३८९ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याए ।