९ असार २०८३, मंगलबार

नुवाकोट १ मा प्रकाशशरण महतलाई झिनो अग्रता

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनाअनुसार पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक पछिल्लो नतिजाअनुसार कांग्रेसका डा. प्रकाशशरण महत (रुख चिन्ह)ले ७६८० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी रास्वपाका विक्रम तिमल्सिना (घण्टी चिन्ह)ले ७०६३ मत प्राप्त गरेका छन् । उनी महतभन्दा ६ सय भन्दा बढी मतले पछाडि रहेका छन्, जसले प्रतिस्पर्धा निकै रोचक बनेको देखिन्छ ।

त्यसैगरी, नेकपाका हितबहादुर तामाङ (तारा चिन्ह)ले ५२७८ मत प्राप्त गरेका छन् भने एमालेका बद्री मैनाली (सूर्य चिन्ह)ले ३२५५ मत प्राप्त गरेका छन् ।