१५ असार २०८३, सोमबार

सोवितालाई बधाई दिँदै रेनुले भनिन्– मतमा हारेँ, जनताको मन जितेको छु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत चितवन ३ मा नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहालले मतमा हार भए पनि कामबाट जनताको मन जित्न सफल भएको बताएकी छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत विजयी उम्मेदवार रास्वपाकी सोविता गौतमलाई बधाई दिँदै उनले मतमा हार भए पनि काम र योगदानबाट जनताको मन जित्न सफल भएको उल्लेख गरेकी हुन् ।

उनले आफ्नो ३० वर्षे राजनीतिक जीवन र भरतपुरमा नौ वर्ष नगर प्रमुखको रूपमा बिताएको समय जनताको सेवा र क्षेत्रको विकासमा समर्पित भएको बताइन् । उनले सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चितवनको विकास, समृद्धि र खुशीयालीका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

दाहालले निर्वाचन अभियानमा सक्रिय रहेका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, मिडियाकर्मी र कलाकारलाई विशेष धन्यवाद दिइन् ।