१३ असार २०८३, शनिबार

रामेछापमा नेकपाका श्रेष्ठको अग्रता, कांग्रेस दोस्रो स्थानमा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । रामेछापमा नेकपाका श्यामकुमार श्रेष्ठले अग्रता कायम राखेका छन् । हालसम्म १० हजार ४१८ मत गन्दा श्रेष्ठले २ हजार ५०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका रामचन्द्र खड्का २ हजार १०८ मतसहित दोस्रो स्थानमा छन् भने १ हजार ८८७ मत ल्याएर रास्वपाका डा. कृष्णहरि बुढाथोकी तेस्रो स्थानमा छन् ।

उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले १ हजार ६३९ मत पाएका छन् । एमालेका माधव ढुंगेलले १ हजार २१३ मत ल्याएका छन् ।

कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका रामेछापमा ९० हजार ७१० मत खसेको छ ।