१० असार २०८३, बुधबार

सर्लाही–४ मा अमरेशको अग्रता कायमै, पछ्याउँदै गगन

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ ।

बिहान ७ बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन् । हालसम्मको मतगणनामा रास्वपाका सिंहले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा रहेका छन् । उनले ६ हजार ९५२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेकपा (एमाले)का उम्मेदवारले १ हजार ९६७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवारले ८४० मत ल्याएका छन् । नेकपा (तारा चुनाव चिन्ह)ले ४८९ मत प्राप्त गर्दा जसपा नेपालले ३६ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २० मत प्राप्त गरेको छ ।

यसैबीच, मतगणनामा १ हजार ८७ मत बदर भएको जनाइएको छ । मतगणना कार्य जारी रहेको छ । जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा अग्रस्थानमा छ ।