काठमाडौं । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उत्तमप्रसाद पौडेल निर्वाचित भएका छन् । उनले ३१ हजार ९ सय ११ मत प्राप्त गर्दा दोस्रो भएका नेकपा (एमाले)का उम्मेदवार रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत प्राप्त गरे । नेपाली कांग्रेसका माधव बास्तोलाले ६ हजार ५ सय मत प्राप्त गरे ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले एक हजार ६४३ मत, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार २७६ मत, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले एक हजार २०१ मत प्राप्त गरे ।








प्रतिक्रिया