सप्तरी । सप्तरी २ को पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत पछि परेका छन् ।
रास्वपाका उम्मेदवार रामजी यादवले राउतलाई १ हजार ५ सय २८ मतको फराकिलो अन्तरले पछि पार्दै आफ्नो अग्रता कायम गरेका हुन् ।
रास्वपाका यादवले २ हजार ७ सय ५५ मत प्राप्त गर्दा राउत १ हजार २ सय २७ मतसहित दोस्रो स्थानमा छन् ।
त्यसैगरी, जसपा नेपालका उम्मेदवार उमेश यादव १ हजार ४५ मतसहित तेस्रो स्थानमा छन् ।








प्रतिक्रिया