काठमाडौं । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले दुई हजार २७४ मत प्रापत गरेका छन् ।
पुनलाई एमालेका गोकुलप्रसाद घर्तीले पछ्याइरहेका छन् । उनले एक हजार ३७३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुदनकुमार वलीले एक हजार ६७ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालराम थापाले ८५७ मत प्राप्त गर्दा नेकपा माओवादीका चुडामणि वलीले ५७१ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया