२१ असार २०८३, आइतबार

काँग्रेसबाट विजयी टेकबहादुर गुरूङले लिन पाउने छैनन् शपथ, किन ?

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले दुई हजार ४१५ मत ल्याउँदै विजयी भएका हुन् ।

उनी विजयी भएपनि शपथ भने लिन पाउने छैनन् । उनको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधिन रहेकाले उनले शपथ लिन नपाउने भएका हुन् ।

उनी विशेष अदालतबाट भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा अनियमिततामा भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतले २०७९ फागुन १५ मा गुरुङलाई भ्रष्टाचारको मतियारमा दोषी ठहर गर्दै उनीबाट एक करोड २१ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको थियो । हाल गुरुङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।