काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी रहँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरू विभिन्न १२ निर्वाचन क्षेत्रमा अग्रस्थानमा देखिएका छन्।
अध्यावधिक मतपरिणाम अनुसार रूपन्देही–४ मा प्रमोदकुमार यादव ८,३०५ मतसहित अगाडि छन्। बाँके–२ मा मोहम्मद इश्तियाक राई ६,६३२ मतसहित अग्रस्थानमा छन् भने तेह्रथुम–१ मा भानुभक्त ढकाल ५,१७६ मतका साथ लिड गरिरहेका हुन्।
त्यस्तै लमजुङ–१ मा पृथ्वी सुब्बा गुरुङ २,६५८ मतसहित अग्रस्थानमा छन्। सुर्खेत–२ मा कुलमणि देवकोटा २,१४८ मतसहित अगाडि छन् भने नवलपुर–२ मा तिलबहादुर महत क्षेत्री १,६६३ मतसहित लिडमा छन्।
सुदूरपश्चिमको डोटी–१ मा दीपकबहादुर धामी १,०७७ मतसहित अग्रस्थानमा छन्। दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल ९४२ मत, कैलाली–२ मा सूर्यबहादुर थापा ९३३ मत र सिन्धुली–१ मा प्रदीपकुमार कटुवाल क्षेत्री (केसी) ९०३ मतसहित अगाडि छन्।
त्यसैगरी ओखलढुंगा–१ मा अस्मिता थापा ७६० मत र इलाम–२ मा सुहाङ नेम्बाङ ४९१ मत प्राप्त गर्दै आफ्ना–आफ्ना क्षेत्रमा अग्रस्थानमा रहेका छन्। देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी छ।








प्रतिक्रिया