काठमाडौं । काठमाडौं ५ को मतगणना जारी रहँदा राप्रपाका उम्मेदवार कमल थापाले हार स्वीकारेका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले आफूले हार स्वीकार गरेको जानकारी गराएका हुन् ।
“निर्वाचनमा राप्रपाका तर्फबाट काठमाडौं क्षेत्र नं. ५ को उम्मेदवार बनेको थिएँ । मतगणना अझै जारी छ, तथापि मतान्तर धेरै भएकाले म आफ्नो हार स्वीकार गर्दछु ।” थापाले फेसबुकमा लेखेका छन्, “विजयोन्मुख रास्वपाका सस्मित पोखरेललाई हार्दिक बधाई ! देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई बधाई तथा शुभकामना ।”
उनले आफ्नो चुनाव चिन्ह हलोमा मतदान गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका छन् । साथै, थापाले चुनाव परिणामबाट कत्ति पनि विचलित नभई आत्मसमीक्षा गरेर राप्रपा अघि बढ्नुपर्ने पनि बताए ।
“चुनावमा हार जित हुन्छ तर हिन्दू राष्ट्र र राजसंस्थाको महत्व नेपाल रहेसम्म सदैव जीवन्त रहन्छ ।” थापाले भने ।









प्रतिक्रिया