३१ असार २०८३, बुधबार

रुकुम पश्चिममा जनार्दनको सुरुवाती अग्रता कायम

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले सुरुवाती अग्रतालाई कायम राखेका छन् । आठबिसकोट नगरपालिकाबाट मतगणना सुरु भएकोमा शर्माले अहिलेसम्म १ हजार ७ सय ५९ मतका साथ अग्रता लिइरहनुभएको छ । ४ हजार ८ सय ९५ मत गणना गर्दा उनले ३ सय ५७ मतको अग्रता लिएका हुन् ।

उनलाई नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले पछ्याइरहेका छन् । उनले १४ सय २ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका राजु केसीले ८ सय ५३ मत पाएका छन् । चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही छन् । उनले ३ सय २५ मत ल्याएका छन् ।