बाजुरा । बाजुरामा मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ । सबै मतदानस्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसँगै अहिले सर्वदलीय बैठक बसेको हो ।
बाजुराका एक सय १८ मतदान केन्द्रकै मतपेटिका मतगणनास्थलमा पुगिसकेका छन् । बैठकमा उम्मेदवार र दलका प्रतिनिधि बोलाइएको छ । बैठकमा मतगणनाको विषयमा छलफल हुने बताइएको छ ।
बैठक पश्चात् पाँच बजेबाट मतगणना हुने अनुमान गरिएको छ ।










प्रतिक्रिया