चितवन । चितवन निर्वाचन क्षेत्र २ को पछिल्लो ताजा मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले करिब १२ हजार मतान्तरले लिड गरिरहेका छन् । प्राप्त ताजा मतपरिणाम अनुसार लामिछानेले १५ हजार २०३ मत ल्याएका छन् ।
उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार मीनाकुमारी खरेलले जम्मा ३ हजार ७९८ मत पाएकी छिन् । यसैगरी नेकपा एमालेकी उम्मेदवार अस्मिन घिमिरेले ३ हजार ४१४ मत पाएकी छिन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रताव गुरुङले २ हजार ६९ मत पाएका छन् ।








प्रतिक्रिया