काठमाडौं । जेनजी आन्दोलनपछि आफू जेनजी अगुवा भएको भन्दै सरकारी कार्यालय एवम् संघ संस्था लगायतमा धाक धम्की दिँदै हिँडेका अर्जुनबहादुर शाहीले शून्य मत पाएका छन् ।
काठमाडौं–१ मा नेपाल जनसेवा पार्टीबाट उम्मेदवारी दिएका शाहीले एक मत पनि नल्याएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ । उनी ठगी, चेक बाउन्सजस्ता मुद्दामा फरार अभियुक्त समेत रहेको खुलेको थियो ।
काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार रञ्जु दर्शना विजयी भइसकेकी छिन् ।








प्रतिक्रिया