२८ असार २०८३, आइतबार

झापा–३ मा लिङदेन पछाडि, रास्वपाका पाठकको अग्रता

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार प्रकाश पाठकले अग्रता कायम गरेका छन् । उनले दुई हजार ३११ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले एक हजार ६०३ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेकपा ९एमाले०का उमेदवार हरिबहादुर राजवंशीले ६१८ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उमेदवार राजेन्द्रकुमार घिमिरे ५०५ मतसहित चौथो स्थानमा छन् । श्रम संस्कृति पार्टीका उमेदवार दीपक तिम्सिनाले ७८१ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।