१७ असार २०८३, बुधबार

मुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु । मुगुमा २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकी रहेको छ ।

मुगुका कुल ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको र २८ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाममा पुग्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए । उनका अनुसार २८ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन । मतपेटिकासहित निर्वाचन टोली हिँडिसकेको उनले बताए ।

उनका अनुसार खत्याड गाउँपालिकामा १९, सोरु गाउँपालिका १, मुगुम कार्मारोङ गाउँपालिका ८ वटा मतदात केन्द्र गरेर २८ वटा मतदान केन्द्रका मतपेटिका आउन बाँकी रहेको खत्रीको भनाइ छ ।

सबै मतपेटिका जिल्लामा पुगिसकेपछि सर्वदलीय बैठक बसेपछि मतगणना कार्य अगाडि बढाइनेछ ।