८ श्रावण २०८३, शुक्रबार

धादिङ १ मा आशिका तामाङ नेकपा उम्मेदवारभन्दा ६६१ मतले अगाडि

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गल्छी गाउँपालिका वडा नम्बर ५, २ र ३ का मतदान केन्द्रको मतपरिणाम सार्वजनिक गरिएको छ ।

हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङ अग्रस्थानमा छिन्। तामाङले १ हजार ७ सय ५२ मत प्राप्त गरेकी छन् ।

नेकपाका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ७ सय ४२ मत पाएका छन् भने नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १ हजार ९१ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्ण रिजालले ५ सय ७२ मत ल्याएका छन् ।

Skip This