काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन् ।
सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् । उनलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहालले १ हजार ७८६ मतले पछ्याइरहेकी छिन् ।
एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन् । उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मतसहित चौथो स्थानमा रहेका छन् ।








प्रतिक्रिया