रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादव अग्रस्थानमा देखिएका छन् । मधेसी समुदायको बस्ती रहेको यस क्षेत्रमा हालसम्मको मतपरिणामअनुसार यादवले २ हजार ६९८ मत प्राप्त गरेका छन् ।
उनी नेपाली कांग्रेसबाट टिकट नपाएर नेकपा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २४७ मत पाएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाले १ हजार ८३० मत प्राप्त गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ४ मा यसपटक ७६ हजार ८१२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया