२४ असार २०८३, बुधबार

झापा–५ मा बालेनको अग्रता फराकिलो

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि देखिएका छन् ।

पछिल्लो प्राप्त मत परिणामअनुसार शाहले १ हजार ४७८ मत प्राप्त गरेका छन् भने ओलीले ३८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १३९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रञ्जित तामाङले ५९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छन् ।