१९ असार २०८३, शुक्रबार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई एमाले अध्यक्ष ओलीले दिए धन्यवाद

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर शान्तिपूर्ण रुपमा मतदान भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

“देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनुभएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधि साथीहरूलाई पनि धन्यवाद ।” अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् ।