१६ असार २०८३, मंगलबार

निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको आरोपमा २४ जना नियन्त्रणमा, २६ सय सवारीसाधन ’होल्ड’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा एकजना, कोसी प्रदेशमा तीनजना, मधेस प्रदेशमा चारजना, बागमती प्रदेशमा सातजना, गण्डकी प्रदेशमा तीनजना, लुम्बिनी प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एकजना र सुदूरपश्चिम प्रदेशमा चारजना गरी २४ जनालाई नियन्त्रणमा लिइएको हो ।

निर्वाचनको समयमा आचारसंहिता विपरीत कार्यमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, देशभरका विभिन्न स्थानबाट निर्वाचनको समयमा आचारसंहिताविपरीत र अनुमतिबिना चलाइएका २ हजार ५९७ वटा सवारीसाधनहरूलाई होल्ड गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार त्यसरी होल्ड गरिएकामध्ये २ हजार ३५१ वटा दुईपाङ्ग्रे र २४६ वटा चारपाङ्ग्रे सवारीसाधनहरू रहेका छन् ।