ललितपुर । ललितपुरमा कुल ६८.३३ प्रतिशत मतदान भएको छ । क्षेत्र नं १ मा कुल ५२,६३२ मतदातामध्ये २५,७४१ महिला र २६,८९१ पुरुषले मतदान गरेका छन् ।
क्षेत्र नं २ मा ६१,९७५ मतदातामध्ये ३१,०३५ महिला र ३०,९४० पुरुषले मतदान गरेका छन् । क्षेत्र नं ३ मा ६९,३९१ मतदातामध्ये ३५,०५५ महिला र ३४,३३६ पुरुषले मतदान गरेका छन् ।
निर्वाचन अधिकृतहरूले मतदान प्रक्रिया सुरक्षित, पारदर्शी र व्यवस्थित रूपमा भएको जनाएका छन् ।








प्रतिक्रिया