५ असार २०८३, शुक्रबार

काठमाडौंका सबै मतपेटिका २ घण्टामा संकलन हुने, त्यसपछि गणना सुरु गर्ने तयारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौंमा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले साँझ ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।

खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए ।