४ कार्तिक २०८३, बुधबार

स्थगित भनिएको दोलखाको मालुमा मतदान सुरु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ । तामाकोशी ४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई बोलाइएको छ । सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद भएको थियो । विवादपछि मतदान रोकिएको थियो ।