१३ असार २०८३, शनिबार

मतदान जारी रहेकै क्रममा किन पार्टी छोडे नेकपाका उम्मेदवार किरणले ?

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार किरणकुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

प्रतिनिधिसभा सदस्य चयनका लागि आज मतदान भइराखेकै क्रममा सामाजिक सञ्जालमा लाइभ बसेर साहले आफूले पार्टी परित्याग गरेको जानकारी गराएका हुन् । साथै, उम्मेदवार साहले सरकारले शान्ति सुरक्षा दिन नसकेको र आफ्नो निर्वाचन क्षेत्रका विभिन्न बुथहरु कब्जा भइरहेको दाबी गर्दै आफू निर्वाचन प्रक्रियाबाट बाहिरिएको जानकारी गराए ।

उम्मेदवार साहले निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्रमा खटिएका आफ्ना पोलिङ एजेन्टहरूलाई समेत मतदानस्थलबाट बाहिरिन निर्देशन दिएका छन् ।

साहले नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।