काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेलका स्थानीयहरूले निर्वाचनमा मतदान गर्न अस्वीकार गरेका छन् । प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै आक्रोशित स्थानीयले सामूहिक रूपमा मतदान प्रक्रियामा सहभागी नभएको बताइएको छ ।
टोक्सेलस्थित शहीद आधारभूत विद्यालय मतदान केन्द्रमा रहेका कुल ७०१ जना मतदातामध्ये अहिलेसम्म कसैले पनि मत खसालेका छैनन् ।
मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार २०७४ सालमै कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट त्यहाँ प्रादेशिक अस्पताल बनाउने भनेर स्थानीयवासीको १६५ रोपनी जग्गा सरकारलाई हस्तान्तरण गरिएको थियो ।
अस्पताल बनाउन ९९ करोड रुपैयाँ लाग्ने आकलनसहित विस्तृत परियोजना प्रतिवेदन पनि तयार भएको तर प्रदेश सरकाले बजेट नदिएका कारण असन्तुष्ट स्थानीयवासीले कसैलाई पनि मत नदिने सल्लाह गरेको उनको दाबी छ ।








प्रतिक्रिया