२३ असार २०८३, मंगलबार

मुलुकभर हालसम्म ३३ प्रतिशत मतदाताले प्रयोग गरे मताधिकार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ३३ प्रतिशत मतदान भएको छ । पछिल्लो विवरण अनुसार ६२ लाख २० हजार ४२ मतदाताले मताधिकार प्रयोग गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि एक करोड ८९ लाख ३६ हजार ८९ मतदाता छन् । नेपाल प्रहरीको केन्द्रीय निर्वाचन परिचालन केन्द्रका अनुसार कोशी प्रदेशमा ३२ प्रतिशत मत खसेको छ ।

यस्तै, मधेसमा २८, वागमतीमा ३४, गण्डकीमा ३९ प्रतिशत मत खसेको छ । यस्तै, लुम्बिनीमा २९, कर्णालीमा ३६ र सुदुरपश्चिमा ३३ प्रतिशत मत खसेको हो । काठमाडौं उपत्यकमा ४७ प्रतिशत मत खसेको छ ।

काठमाडौं उपत्यकामा हालसम्म ५५ लाख २८ हजार ८६ मत खसेको छ । कोशीमा ११ लाख ४९ हजार ५ सय ७१ मत खसेको छ भने मधेसमा १० लाख २४ हजार ४ सय ४१ जनाले मतदान गरेका छन् ।

यस्तै, वागमतीमा ८ लाख ५३ हजार ५ सय २९ मत खसेको छ । गण्डकीमा ७ लाख २४ हजार १३० जनाले मतदान गरेका छन् ।

लुम्बिनीमा ९ लाख ७७ हजार ४ सय १९ मत खसेको छ । कर्णालीमा ३ लाख ६९ हजार ५ सय १५ जनाले मतदान गर्दा सुदुरपश्चिममा ५ लाख ६८ हजार ५ सय ५१ मत खसेको छ ।

१६५ निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदान स्थलमा मतदान जारी रहेको छ ।