२४ असार २०८३, बुधबार

एमाले सचिव महेश बस्नेतले गरे मतदान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । नेकपा (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुन्डु वडा कार्यालयस्थित केन्द्रबाट मतदान गरेका छन् ।

भक्तपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फबाट उमेदवार समेत रहेका बस्नेतले मतदानपछि सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे ।

उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गरे ।