१३ असार २०८३, शनिबार

रामेछापका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण मतदान जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । रामेछाप जिल्लाका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।

जिल्लाका ९६ मतदानस्थलका २३० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेपछि मतदान सुरु भएको थियो ।

जिल्लामा बिहान ११ बजेसम्म करिब १३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले जानकारी दिए । रामेछाप जिल्लामा कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् ।

जिल्लमा मतदानस्थलमा मतदाताहरूको उपस्थिति भने निक्कै न्यून देखिएको छ । अधिकांश मतदान केन्द्रहरूमा मतदान गर्न फाट्ट फुट्ट मात्र मतदाता पुगेका छन् ।