२९ असार २०८३, सोमबार

सर्लाही ४ मा कांग्रेस र रास्वपाबीच विवाद, ढुंगामुढा भएपछि एउटा केन्द्रमा मतदान स्थगित

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीको बलरा नगरपालिकाको एउटा केन्द्रमा प्रतिनिधिबीच विवाद हुँदा ढुंगामुढा भएको छ ।

विवाद बढ्दै गएपछि ढुंगामुढा भएको हो । कांग्रेस र रास्वपाका कार्यकर्ताबीच विवाद भएको थियो । उक्त केन्द्रमा बिहानैदेखि विवाद भएको थियो । अहिले आधा घण्टादेखि मतदान स्थगित भएको छ ।

“केही घाइते भएका छन्,” एक प्रहरी अधिकारीले भने । अहिले प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका अधिकारी उक्त केन्द्रमा पुगेका छन् ।