९ असार २०८३, मंगलबार

बालेन सवार हेलिकप्टर काठमाडौंमै फर्कियो

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपाका वरिष्ठ नेता एवं झापा–५ का उम्मेदवार बालेन साह सवार हेलिकप्टर झापामा अवतरण नगरी पुनः काठमाडौंमै फर्किएको छ ।

बिहीबार बिहान करिब साढे ९ बजे त्रिभुवन विमानस्थल काठमाडौंबाट झापाका लागि उडेको हेलिकप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको हो । मौसमको खराबीका कारण हेलिकप्टर ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएको जनाइएको छ ।

आज बिहान काठमाडौंमा मतदान गरेलगत्तै बालेन चार्टर उडानमार्फत झापा प्रस्थान गरेका थिए । यसअघि आजै कांग्रेस सभापति गगन थापा र नेकपा अध्यक्ष प्रचण्ड हेलिकप्टरबाटै आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् ।