४ असार २०८३, बिहिबार

हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमै अलपत्र

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हज तथा उमराहका लागि साउदी अरब गएका ३६ नेपाली स्वदेश फर्किने क्रममा उतै रोकिएका छन्। मध्यपूर्वमा बढेको क्षेत्रीय तनावका कारण केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएपछि उनीहरूको निर्धारित फ्लाइट रद्द भएको हो।

परराष्ट्र मन्त्रालयअन्तर्गत महाशाखाका अधिकारीका अनुसार ती यात्रुहरू रुपन्देही, नवलपरासी र कपिलवस्तु क्षेत्रबाट गएका थिए। मदिनाबाट सारजहा हुँदै काठमाडौं फर्कने टिकट भए पनि उडान नचल्दा उनीहरू प्रतीक्षामा बस्न बाध्य भएका छन्।

वैकल्पिक मार्गका रूपमा ढाका हुँदै नेपाल फर्किने सम्भावनाबारे ट्राभल एजेन्सीसँग समन्वय गर्न सुझाव दिइएको छ। जेद्दास्थित नेपाली महावाणिज्य दूतावासलाई यात्रुहरूको खानाबस्न तथा आवश्यक सहयोग व्यवस्थापनका लागि अनुरोध गरिएको छ।

दूतावासले सीमित स्रोत रहेको जनाउँदै एयरलाइन्स र स्थानीय नेपाली समुदायसँग सहकार्य गरेर समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिएको छ।