३० असार २०८३, मंगलबार

प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आदेश आउँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवदनमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रसाईं पक्षका कानुन व्यवसायीबाट सुनुवाइ सकिएको हो ।

प्रसाईंका हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए । सुनुवाइ सकिएर अहिले आदेश आउने क्रममा छ ।

मेडिकल व्यवसायी प्रसाईं पछिल्लो समय यही फागुन १७ गते भक्तपुरबाट पक्राउ परेका थिए । उनीविरुद्ध निर्वाचन बिथोल्न खाजेको आरोप लगाइएको थियो ।

प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै गर्ने गरेका थिए । उनले फागुन २१ गतेको चुनाव बहिष्कार घोषणा गरेका छन् ।