रामेछाप । रामेछापमा निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।
दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
गाडीमा ११ जना सवार रहेका थिए।









प्रतिक्रिया