२१ असार २०८३, आइतबार

रोल्पामा नेकपाको चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटना

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटनामा परेको छ । शनिबार रोल्पाको लिबाङमा आयोजित चुनावी सभामा सहभागी भइ फर्कने क्रममा ना ५ ख १२३१ नम्बरको गाडी सुनिल स्मृति गाउँपालिका–३ मिझिङ उपल्लो थर, धन्डी पोखरा क्षेत्रमा दुर्घटनामा परेको हो ।

बस ब्रेकफेल भइ अनियन्त्रित हुँदा भित्तामा ठोकिँन गइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।