काठमाडौं । मध्यपूर्वमा देखिएको तनावका कारण नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दोहा र दुबईका उडान रद्द गरिएका छन् ।
नेपाल एयरलाइन्सले शनिबार साँझ सूचना प्रकाशित गरी मध्यपूर्वको तनावका कारण आज र भोलिका उडान रद्द गरिएको जनाएको छ । काठमाडौँबाट कतारको दोहा र यूएईको दुबईका लागि हुने नेपाल एयरलाइन्सका फागुन १६ र १७ गतेका उडान रद्द गरिएका हुन् ।
मध्यपूर्वको अवस्था हेरेर उडानबारे जानकारी गराइने नेपाल एयरलाइन्सले जनाएको छ । उडान सम्बन्धी जानकारी सम्बन्धित यात्रुलाई इमलेमाफर्त पनि गराइने सूचनामा उल्लेख छ ।
त्यस्तै, हिमालय एयरलाइन्सले पनि दुबई, दमाम र दोहाका उडान रद्द गरिएको जनाएको छ । शनिबार साँझ हिमालय एयरलाइन्सले जारी गरेको सूचनामा अर्को सूचना भएसम्मका लागि उडान रद्द गरिएको उल्लेख छ ।
अमेरिका र इजरायले इरानमा शनिबार सैन्य आक्रमण गरेको छ । त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ । जसले गर्दा कतार र यूएईले हवाई उडान बन्द गरेको छ ।















प्रतिक्रिया