१८ असार २०८३, बिहिबार

पूर्व सांसद पहाडी एमालेमा प्रवेश

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संविधानसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी नेकपा का केन्द्रीय सदस्य विनोद पहाडी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेपाल दलित पत्रकार संघको अध्यक्षसमेत रहेका पहाडीलाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उमेदवार विष्णु पौडेल,एमाले सचिवे छविलाल विश्वकर्मा,पूर्व मुख्यमन्त्री लीला गिरीलगायतले स्वागत गरेका छन् ।

सो अवसरमा नेकपा बुटवल नगर सदस्य सरोज गौतम, जनक गौतम पनि एमाले प्रवेश गरे । प्रवेश कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले पार्तीले क्षमता योग्यता र अनुभवको कदर गर्दै उचित जिम्मेवारी दिइने जानकारी दिए ।

सो अवसरमा बोल्दै पहाडीले एमालेमाथि चौतर्फी आक्रमण भैरहेको हुँदा देश बचाउन एमालेलाई बलियो बनाउन प्रवेश गरेको जानकारी दिए ।