२२ असार २०८३, सोमबार

अरुण नदीको पुल भाँचिँदा टिपर दुर्घटना, चालक घाइते

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका– ५ र २ जोड्ने अरुण नदीमाथिको पुल भाँचिँदा एक टिपर दुर्घटनामा परेको छ । आज बिहान साढे ८ बजे भएको दुर्घटनामा चालक घाइते भएका छन् ।

नुम प्रहरी चौकीका अनुसार दुर्घटनामा परेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे निवासी ४६ वर्षीय अर्जुन श्रेष्ठ हुन् । ०३–००१ क २९२० नम्बरको टिपर रहेको प्रहरीले जनाएको छ ।

घाइते श्रेष्ठको नुम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । स्वास्थ्य अवस्था थप जाँच तथा उपचारका लागि केही समयपछि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।