२२ जेष्ठ २०८३, शुक्रबार

निर्वाचन आयोगमा २५४ उजुरी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चुनावी आचारसंहिता लागु भएपछि निर्वाचन आयोगमा २५४ उजुरी परेको छ । तीमध्ये ८८ उजुरीमा स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण सोधिएका मध्ये ५७ वटाको जवाफ प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

चार दल र ३३ उमेदवारलाई स्पष्टीकरण सोधिएको उनले बताए । कतिपय उमेदवारलाई दोहो¥याएर स्पष्टीकरण सोधिएको उनले उल्लेख गरे ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति माघ ५ देखि आचारसंहिता लागु गरिएको थियो ।