२९ जेष्ठ २०८३, शुक्रबार

धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार (फागुन १४) न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइको आदेश दिएको हो ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

सर्वोच्चले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नाममा यो आदेश दिएको छ । सर्वोच्चको आदेशपछि बास्तोलाको रिहाइ प्रक्रिया सुरु भएको छ ।