१८ असार २०८३, बिहिबार

गृहमन्त्री अर्यालले तोडाए ‘जेनजी’ युवाहरूको अनशन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखी आमरण अनशनरत घाइते जेनजी युवाहरूको अनशन तोडाएका छन् ।

माइतीघरमा विभिन्न माग राखी विजय अधिकारीको संयोजकत्वमा पाँच दिनदेखि अनशनरत लोकराज उपाध्याय, स्मृति राई र अशोक घोरासैनीलाई बुधबार (फागुन १३) साँझ जुस पिलाएर गृहमन्त्री अर्यालले अनशन तोडाएका हुन् ।

सो अवसरमा गृहमन्त्री अर्यालले परिवर्तन, सुशासन कायम र मुलुकमा दिगो शान्ति तथा स्थिरताको पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको बताउँदै उक्त अभियानमा सबैको साथ जरुरी भएको उल्लेख गरे ।